Logo

आज १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

६ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा ११ हजार १५४ नमुना परीक्षण गर्दा मंगलबार थप १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या २०२ ले घटेको छ ।

२४ घण्टा याता १३ सय ५६ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ५११, भक्तपुरमा ६३, ललितपुरमा ७३, सुनसरीमा ७७ जना, रुपन्देहीमा ७४ जना, बाँकेमा ५८ जना, मोरङमा ५७ जना, सुर्खेतमा ४४ जना, सिराहामा ३३ जना, काभ्रेमा ३० जना, बर्दियामा २७ जना, तनहुँ र रुकुम पूर्वमा २५/२५, चितवनमा २२ जना, झापामा २० जना, कपिलवस्तु र दाङमा १९/१९ जना, बाग्लुङमा १६ जना, बारा, कास्की र रोल्पामा १५/१५ जना, धनुषा र पर्सामा ११/११, रामेछापमा ९ जना, सप्तरी, मकवानपुर, नवलपरासी, पाल्पा र प्युठानमा ८/८ जना, लमजुङमा ६ जना, संखुवासभा, रौतहट, दोलखा र स्याङ्जामा ४/४ जना, धादिङ र पर्वतमा ३/३ जना, भोजपुर, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, अर्घाखाँची र गुल्मीमा २/२ दयपुर, तेह्रथुम, धनकुटा, सर्लाही, नुवाकोट, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ भने कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्