Logo

एकै ठाउँमा ९० वटा ह्वेल मरे



Spread the love

६ असोज, एजेन्सी – अस्ट्रेलियामा ९० वटा ह्वेल माछा मरेका छन् । अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा पर्ने खाडीका कम्तीमा ९० वटा ह्वेलहरू मरेका हुन् ।

ती माछाहरू सोमबार मरेका थिए । ठूलो संख्यामा ह्वेलहरू मरेसँगै सोही स्थानबाट १ सय ८० वटा ह्वेलहरूको उद्धार सुरू भएको बताइएको छ । जीव विज्ञहरूले पश्चिमी तस्मिनियाको पश्चिमी तटमा पानीको सतह कम भएका कारण ह्वेलहरू मरेको हुन सक्ने बताएका छन् ।

जीव विज्ञहरूको अनुमान यो छ की, ती ह्वेलहरू अन्टार्कटिकातर्फ जानेक्रममा बाटो बिराएर तास्मिनियातर्फ गएका हुन् सक्छन् । त्यहाँ पर्याप्त पानीको सतह नभएपछि प्रतिकुल वातावरणका कारण ती ह्वेलको मृत्यु भएको हुनसक्ने शंका पनि उनीहरूले गरेका छन् ।

अस्ट्रेलियाका जलविज्ञका अनुसार सोमबारसम्म त्यहाँ एक तिहाइ ह्वेलहरू मरेका थिए।

खतरामा रहेका ह्वेलहरूको उद्धारका लागि ६० जना उद्धारकर्ताहरू खटेका छन् । उनीहरू डुङ्गाबको सहायताबाट उद्धार कार्यमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्