Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

७ असोज, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ३ सय ४५ जनाको मृत्यु भएको छ भने हिजो २२ तारिखमा ३ सय ४१ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ३५ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख ५ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ भने ७० लाख ९७ हजार भन्दा बढी संक्रमित भएका छन् । ४३ लाख ४३ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्