Logo

वामदेवले प्रमलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’



Spread the love

७ असोज, काठमाडाैँ – सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच भनाभन नै चल्यो ।

ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै छैन । त्यो कुरा प्रष्ट छ । अहिले पनि प्रष्ट भयो । त्यसैले उहाँसँग छलफल गर्नुपर्छ ।’

अनि, वामदेव जंगिनुभयो, ‘तपाईंको कारणले म कति अपमानित भएँ, भनिसाध्ये छैन ! तपाईंले मेरो कुरा सिरियस्ली लिँदै लिनुहुन्न । पहिला पनि चुनाव हराउनुभयो । हारेपछि छानबिन गर्नुभएन । राष्ट्रियसभामा लैजानुअघि चुनावको अत्तो थापेर छिर्के लगाउन खोज्नुभयो । लैजाने निर्णय भएपछि पनि लग्नुभएन । अहिले राष्ट्रियसभामा लगेपछि पनि आलोचना गरिरहनुभएको छ, जबकि डिफेण्ड गर्नुपर्ने हो ।’ वामदेवले ‘मलाई मन्त्रीमा लगे पनि लग्नुस्, नलगे पनि नलग्नुस्’ भन्दै आफ्नो कुरा टुंग्याउनुभयो ।

मन्त्रिपरिषद् पुनर्गठन, पार्टीका आन्तरिक व्यवस्थापन हल गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनसहितका एजेण्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठकको दृश्य हो यो ।

आइतबार पेरिसडाँडामा बैठक बसिरहँदा वामदेवसँगको भनाभनबाहेक प्रधानमन्त्रीको प्रस्तुतिकरण अरु दिनको भन्दा फरक रह्यो । उहाँ सहमतिबाट अगाडि बढ्न तत्पर रहेको भाव र भाषामा प्रस्तुत हुँदा अरु नेताले पनि बैठकमा सहजता अनुभूत गरे ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्