Logo

पोर्चुगलका नेल्सन सेमेडो वुल्भ्समा अनुबन्धित



Spread the love

७ साउन, एजेन्सी – इंग्लिस क्लब वुल्भस्ले स्पेनिस बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडो भित्र्याएको छ । २०१७ मा पोर्चुगलको क्लबबाट बार्सिलोना आएका सेमेडो करीब ४० मिलियन युरोमा वुल्भसमा आबद्ध भएका हुन् ।

सेमेडोको सुरूवाती सम्झाैता अनुसार उनी २०२३ सम्म वुल्भस्मा बस्नेछन् । भने सो अवधि पुनः २ वर्षका लागि थप गर्न सकिनेछन ।

बेनिफिकाबाट बार्सिलोना गएका २६ वर्षिय सेमेडोले २ पटक स्पेनिस ला लिगा, १ पटक कोपा डेल रे को उपाधि जितेका छन् ।

गत सिजन बार्सिलोनाका लागि ४२ खेल खेलेका थिए । वुल्भ्सले सुन्दर फुटबल खेल्ने भएकाले आफु यो क्लबमा आएको सेमेडोले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्