Logo

५८ वर्षपछि भेटियाे हुम्लामा हराएको ११ नम्बरको सिमा स्तम्भ



Spread the love

८ असोज, काठमाडौं। चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्तम्भ राखेको ५८ वर्षपछि भेटिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा स्थलगत अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले बुधबार उक्त सिमा स्तम्भ फेला पारेको हो ।

११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्