Logo

कतारमा नयाँ नियम, रोजगारी गुमाएका नेपालीहरूलाई फाइदा हुने



Spread the love

९ असोज, काठमाडाैँ – कतारमा रोजगारी गुमाएकाहरूका लागि केही सहज भएको छ । त्यहाँ रोजगार गुमाएर घर फर्किनका लागि पर्खिरहेकाहरूले अर्को काम खोजेर गर्न सक्ने भएका छन् ।

कतारमा ‘रि इम्प्लोइमेन्ट’ कार्यक्रम ल्याइएको छ । जसअन्तर्गत कतारभित्रै पुनः रोजगारीको अवसरहरु खोज्न सकिने छ । कोरोना महामारीक कारण श्रमिक व्यवस्थापनमा विभिन्न पहलहरू भइरहेका छन् । त्यसअन्तर्गत कतारभित्रै रहेका तथा रोजगारी गुमाएका श्रमिकले रोजगारदाता परिवर्तन गर्न पनि पाउने भएका हुन् ।

श्रमिकहरूले आफूले काम छाड्दैछु भन्ने जानकारी दिएर पहिलो रोजगारदाताबाट काम छोडेर अर्को रोजगारदातासँग काम गर्न समेत पाउने भएका छन् ।

कतारस्थित नेपाली राजदूतावासका पनियोग प्रमुख तथा काउन्सेलर लछुमन खनालले कतारको अहिलेको योजना बाहिरबाट कामदार ल्याउनेभन्दा पनि यहीँ भएकालाई रोजगारीमा जोड्ने भएकाले श्रमिकहरूले पुनः अर्को कम्पनीमा काम गर्ने वातावरण बनेको उल्लेख गरेका छन् ।

कतारबाट नेपाल फर्किन निवेदन दिएकामध्ये अधिकांश रोजगारी गुमेकाहरू नै रहेका छन् । त्यहाँ अहिलेसम्म २१ हजार २ सय २१ नेपाल फर्किनका लागि राजदूतावासमा निवेदन दिएका छन् ।

कतारमा रोजगारी गुमेपछि खाद्य तथा आवासमा समस्या समस्या उत्पन्न भइरहेको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् ।

न्युनतम ज्याला तोक्ने र अब कतार जाने श्रमिकले करार सम्झौता गर्दा एक हजार रियाल न्यूनतम तलब, ५ सय आवास र तीन सय खाद्यान्न गरेर १८ सय कतारी रियाल पाउने सहित २ वटा श्रमिक नियमहरू कतारले परिवर्तन गरेको छ । जसले कतारमा श्रम गर्न जाने नेपालीहरूलाई प्रत्यक्ष लाभ हुनेछ ।

यो नियम ६ महिनापछि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्