Logo

कुकुरले कोरोना संक्रमित पत्ता लगाउने



Spread the love

८ असोज, एजेन्सी – कोरोना संक्रमित छिटो पत्ता लगाउनका लागि कुकुरको प्रयोग सुरू गरिएको छ । फिनल्याण्डको हेलसिंकीको विमानस्थलमा यसको अभ्यास सुरू गरिएको हो ।

यस्तो प्रयोगमा कुकुरले मानिसको पसिनाको गन्ध सुँघेर कोरोना संक्रमित पत्ता लगाउन सकिने बताइएको छ । जसमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन जम्मा १० सेकेन्ड लाग्ने बताइएको छ । त्यस्तै कोरोना जाँचको पूरा परीक्षणका लागि १ मिनेट मात्रै लाग्नेछ ।

बुधबारदेखि विमानस्थलमा कोरोना परीक्षण सुरू गरिएको छ । कुकुरहरूले पसिनाको गन्ध सुँघेर कोरोना संक्रमित पत्ता लगाउनेछन् ।

यदि कुकुरले पोजेटिभको संकेत दियो भने यात्रीलाई एयरपोर्टको स्वास्थ्य केन्द्रमा नि: शुल्क भाइरस परीक्षणको लागि निर्देशित गरिने उल्लेख छ ।

फिनल्याण्डका अन्वेषकहरूले यो प्रयोग सफल भएमा सस्तो, भरपर्दो र छिटो हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्