Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी



Spread the love

१० असोज, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १ हजार १ सय ४४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार ९३ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ८५ हजार भन्दा धेरै संक्रमित थपिदा १ हजार ९३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ५९ लाख १६ भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४८ लाख ४६ हजार भन्दा बढी निको भइसकेका छन् भने ९३ हजार ४ सय १० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्