Logo

प्लेन दुर्घटना, २२ जनाको शव भेटियो



Spread the love

१० असोज, काठमाडाैँ – युक्रेनमा सैनिक प्लेन दुर्घटना भएको छ । बिबिसीले उल्लेख गरे अनुसार उक्त सैनिक प्लेन दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

प्लेन ल्याण्ड गर्ने बेलामा दुर्घटना भएको बताइएको छ । एन्टोनभ–२६ नाम रहेको प्लेन युक्रेनको उत्तरी शहर कार्किभमा दुर्घटना भएको हो ।

उक्त प्लेनले खार्किब एयर फोर्स युनिभर्सिटिका सैनिकहरू प्रशिक्षणका लागि लिएर गएको थियो । युक्रेनका अधिकारीले बताए अनुसार उक्त प्लेनमा २७ जना सवार थिए ।

२२ जनाको मृत्यु भएको पुष्टि भइसक्दा २ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ भने हराइरहेका ३ जनाको खोजी कार्य जारी छ ।

प्लेन दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्