Logo

तत्काल विद्यालय खोल्नु भन्दा वैकल्पिक सिकाइलाई प्राथमिकतामा राखौं – शिक्षामन्त्री पोखरेल



Spread the love

१० असोज, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले अहिलेलाई प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन् ।

कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्