Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

११ असोज, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो १ हजार ९३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज १ हजार १ सय २३ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ८८ हजार भन्दा धेरै संक्रमित थपिदा १ हजार १ सय २३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ५९ लाख ९० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४९ लाख ३८ हजार भन्दा बढी निको भइसकेका छन् भने ९४ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्