Logo

विश्व स्वास्थ्य संगठनद्वारा कोरोना विरूद्धको भ्याक्सिनलाई अनुमति



Spread the love

११ असोज, एजेन्सी । चीनमा बनेको कोरोना विरूद्धको भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले अनुमति दिएको छ । चीनमा बनेको सिनोभाक भ्याक्सिनको आपतकालीन प्रयोगका लागि संगठनले अनुमति दिएको हो ।

डब्लूएचओको अनुमति पाएसँगै यो भ्याक्सिन आम नागरिकमा प्रयोग गर्न सकिने भएको छ।

सिएनएनसँगको कुराकानीमा चिनियाँ अधिकारीले यो भ्याक्सिनको प्रयोगमा डब्लूएचओले अनुमति दिएको पुष्टि गरेका छन् । अहिले यो भ्याक्सिन तेश्रो चरणको परिक्षणको क्रममा छ ।

कोरोना भाइरसको भ्याक्सिन प्रयोगको अनुमति पाउने चीन नै पहिलो मुलुक हो । यसभन्दा अघि रसियाले कोरोना विरूद्धको भ्याक्सिन दर्तासम्म गराएको थियो । उक्त भ्याक्सिनप्रति डब्लूएचओले शंका व्यक्त गरेको थियो ।

चीनबाट सुरू भएको कोरोना भाइरस विरूद्धको भ्याक्सिन बनाउँन धेरै देशले अनवरत रूपमा प्रयास गरिरहेका छन् । यद्यपी भ्याक्सिन प्रयोगको अनुमति पाउने पहिलो देश चीन नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्