Logo

रेष्टुरेन्टमा गोली चल्दा ११ जनाको मृत्यु



Spread the love

एजेन्सी । मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वान्जुतोको एक रेष्टुरेन्टमा हिजो बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ।

प्राप्त समाचारअनुसार हतियारधारीहरूले बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए।

मोटरसाइकलमा आएका बन्दुकधारीहरूको आक्रमणमा परी सात पुरुष र चारजना महिला मारिएका छन्। केही कर्मचारीहरू घाइते भएको समाचारमा जनाइएको छ। धेरैजसो कृषि पेसाका मानिस बस्ने ग्वान्जु शहरमा लामो समयदेखि हिंसा हुदै आएको छ ।

आक्रमण कसले र के कारणले गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्