Logo

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी



Spread the love

१३ असोज, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १ हजार ४० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ७ सय ७७ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६९ हजार भन्दा धेरै संक्रमित थपिदा ७ सय ७७ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ६१ लाख ४३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ५० लाख ९८ हजार भन्दा बढी निको भइसकेका छन् भने ९६ हजार ३ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्