Logo

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

१४ असोज, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ९ सय ३६ जनाको मृत्यु भएको छ भने हिजो २९ तारिखमा ३ सय १ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ४१ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख १० हजार ७ सय ४४ जनाको मृत्यु भएको छ भने ७४ लाख भन्दा बढी संक्रमित भएका छन् । ४६ लाख ४५ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्