Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

१४ असोज, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ७ सय ७७ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ११ सय ७८ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ८० हजार भन्दा धेरै संक्रमित थपिदा ११ सय ७८ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ६२ लाख २३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ५१ लाख ८४ हजार भन्दा बढी निको भइसकेका छन् भने ९७ हजार ५ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्