Logo

उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण



Spread the love

१४ असोज, एजेन्सी । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायडुको कार्यालयले उनमा कोरोना संक्रमण पुष्टि भएको ट्वीटमार्फत जानकारी गराएको छ ।

कार्यालयद्वारा गरिएको ट्वीटमा नायडूलाई कोरोना संक्रमण भएता पनि कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ ।

नायडु भारतको राज्य सभाका अध्यक्ष पनि हुन् । राज्यसभाका २५ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि मनसुन सेसन रद्द भएको थियो ।

भारतमा कोरोना संक्रमणको दर तीव्र भएता पनि अबका केही दिनमा ‘अनलक–५’को तयारी भइरहेको छ । भारतमा बन्द भएका सबै स्थानहरू खुल्न थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्