Logo

शनिबारदेखि पीसीआर परीक्षण बन्द गर्ने निजी प्रयोगशालाको चेतावनी



Spread the love

१५ असोज, काठमाडौं। पीसीआर शुल्क समायोजन नगरे शनिबारदेखि परीक्षण बन्द गर्ने निजी प्रयोगशालाको चेतावनी दिएका छन् । मन्त्रालयले २ हजार रुपैयाँमा पीसीआर नगरे अनुमति खारेज गर्ने निर्णय गरेलगत्तै निजी प्रयोगशाला सञ्चालकहरूले तीन दिनको अल्टिमेटम दिएका हुन् ।

सरकारले दुई हजार शुल्क निर्धारण गरेपनि निजी प्रयोगशालाले ३ हजार ८ सय ९९ देखि ४ हजार ४ सय रुपैयाँसम्म शुल्क लिँदै आएका छन् ।

बढी शुल्क लिने प्रयोगशालाले शुल्क समायोजन नगरे स्वीकृति खारेज गर्ने चेतावनी राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्