Logo

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु



Spread the love

१६ असोज, काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।

चितवनको भरतपुर अस्पतालमा मकवानपुरको हेटौडा उपमहानगरपालिका न्यूरेनी बस्ने ७८ वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको पनि गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका दुईका छ वर्षीय बालकको पनि कोरोनाका कारण मोरङको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । ति बालकमा मेनेन्जाइटिसको समस्या समेत थियो ।

प्रतिक्रिया दिनुहोस्