Logo

२ बर्षिय बालकसहित २५ जनामा कोरोना संक्रमण



Spread the love

१६ असोज, चितवन । शुक्रबार चितवनमा २ वर्षीय बालकसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २४ जना चितवनका र एक जना अर्घाखाँचीका रहेको छ ।

कोरोना संक्रमणबाट २ वर्षीय एक बालक र ४ वर्षका २ बालकसहित ६६ वर्षीय पुरूष पनि रहेका छन् भने खैरहनीका ५ पुरूष र रत्ननगरका एक पुरूष , एक महिला र बाँकी एक जना अर्घाखाँची सितगंगाकी एक महिलामा पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्