Logo

नेपालमा हालसम्म सबैभन्दा कम जोखिम रहेका ११ जिल्ला !



Spread the love

१६ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामानै संक्रमित भेटिएसंगै उच्च जोखिममा रहेको छ । अहिले कुनै ठाउँ कोरोना भाइरस सङ्क्रमणको त्रासले जहीँतहीँ सिल गर्दै आएका छन् ।

पछिल्लो समय सामान्य रहेको कोरोना लक डाउन खुकुलो हुदा झन् झन् कोरोना संक्रमण देखिन थालेका छन् । अहिले गाउँ भन्दा पनि सहर निकै जोखिम बनेको छ । अझ हामीले आफै सचेत भएनौँ भने झन् संक्रमणको तिब्र रुप लिने सक्ने डब्ल्यूएचओले जनाएको छ ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५०९ जनाको मृत्यु भएको छ ।हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।  त्यसैगरी ५० भन्दा कम संक्रमित भेटिएका जिल्लाको सूचिमा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन्।

१. मुस्ताङ– १
२. मनाङ– ३
३. डोल्पा– ६
४. हुम्ला– ७
५. मुगु– १५
६. सोलुखुम्बु– १९
७. रसुवा– २१
८. ताप्लेजुङ– २५
९. पाँचथर– ३१
१०. तेह्रथुम– ४०
११. भोजपुर– ४३

प्रतिक्रिया दिनुहोस्