Logo

बामदेव गौतमको मुद्दा आज पनि हेर्दाहेर्दैमा, सुनुवाइ बुधबारका लागि सारियो



Spread the love

१६ असोज, काठमाडौं। नेकपाका उपाध्यक्ष बामदेव गौतमबिरुद्धको मुद्दा आज पनि हेर्दा हेर्दैमा राखेको सर्बोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतमा परेको संसद सदस्यको अयोग्यता सम्वन्धी मुद्दा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को संवैधानिक इजलासले असोज २१ गते बुधबारका लागि सारिएको हो।

आज सरकारी वकिलहरुका तर्फबाट नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे लगायतले बहस गरेका थिए । गौतमका तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौला लगायतले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्