Logo

देशभर थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, थप ११ जनाको मृत्यु



Spread the love

१६ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १४७३९ पिसिआर परीक्षणमा थप २७२२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ८२४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ११ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्