Logo

आज २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१६ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा शुक्रबार थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ६ सय ११ ले बढेको छ ।

२४ घण्टा याता २ हजार ७ सय २२ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२, मोरङका १५० जना, सुर्खेतका १२२, रुपन्देहीका ९२, चितवनका ८३, बाँकेका ७०, मकवानपुरका ५५, दाङका २८, गुल्मीका २६, पर्साका २४, झापा, सुनसरी, काभ्रे, धादिङ र नवलपरासीका २३/२३ जना, सिराहाका २२, नवलपुरका १६, सप्तरी र दार्चुलाका १५/१५ जना, बारा र लमजुङका १४/१४ जना, सिन्धुली, कास्की र कैलालीका १३/१३ जना, बागलुङका १२, नुवाकोट, पाल्पा र प्युठानका ११/११ जना तथा सिन्धुपाल्चोक, अर्घाखाँची र दैखेलका १०/१० जना, बर्दियाका ९ जना, अछाम र डोटीका ८/८ जना, तनहुँ, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, महोत्तरी, सर्लाही र जुम्लाका ६/६ जना, धनुषा र बझाङका ५/५ जना, रौतहट र गोरखाका ४/४ जना, रामेछाप, म्याग्दी, कालीकोट र बैतडीका ३/३ जना, उदपयुर, तेह्रथुम, दोलखा, स्याङ्जा र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, संखुवासभा, पर्वत र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्