Logo

मेयर र स्वास्थ्यकर्मीसहित १३ कर्मचारीमा कोरोना संक्रमण



Spread the love

१७ असोज, कैलाली। शनिबार कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरसको स्रक्रमण पुष्टि भएको नगरपालिकाका उप–प्रमुख अञ्चला चौधरीले जानकारी गराएकी छिन् ।

प्रमुख प्रशासकीय अधिकृतलाई सङ्क्रमण देखिएपछि मंगलवार देउवासहित ८८ जनाको स्वाब सङ्कलन गरिएकोमा १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा अधिकृतदेखि ३ जना स्वास्थ्यकर्मीलगायतका अन्य कर्मचारी रहेको उनले बताए। मेयरसहित उनीहरू सबै होम आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया दिनुहोस्