Logo

रौतहट बमकाण्डका एकजना फरार अभियुक्त पक्राउ



Spread the love

१७ असोज, रौतहट। प्रहरीले रौतहट बमकाण्डका फरार अभियुक्त बौधिमाई नगरपालिका ४ का ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको छ ।

सहनीलाई नेपाल भारत सिमानामा पर्ने बौधिमाई नगरपालिका–७ बडकी बंकुलबाट पक्राउ गरिएको हो । पक्राउ परेका बद्री सहनी ईटा पोल्ने भट्टाका प्रमुख मिस्त्री हुन् ।

पक्राउ परेका सहनी घटनाको समयमा ईटा भट्टाको हेड मिस्त्री रहेको र उनले आफताब आलम र महताब आलमको निर्देशन बमोजिम बम विष्फोटनका घाइते तथा मृतकलाई ईटा भट्टाको आगोको भुंग्रोमा हालेको स्वीकार गरेको प्रदेश दुईका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्