Logo

आज २ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१७ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा शुक्रबार थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ६ सय २ ले घटेको छ ।

२४ घण्टा याता २ हजार १ सय २० जना कोरोना संक्रमण देखिएका उदयपुरका ७, ओखलढुंगाका ४, खोटाङका ५, झापाका ९, धनकुटाका १, मोरङका १११, संखुवासभाका ३, सुनसरीका १२२, धनुषाका १३, पर्साका १८, बाराका २५, महोत्तरीका ५, रौटहटका ८२, सप्तरीका १९, सर्लाहीका ५, सिरहाका ८, काठमाडौँका १००१, काभ्रेका १४, चितवनका ७५, दोलखाका ४, धादिङका ८, नुवाकोटका ८, भक्तपुरका ६७, मकवानपुरका १२, रामेछापका ६, ललितपुरका १०९ र सिन्धुपाल्चोकका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुलीका ६, कास्कीका २२, गोरखाका ६, तनहुँका १०, नवलपरासीपूर्वका ८, पर्वतका १, म्याग्दीका १, लमजुङका ३, बाग्लुङका १, स्याङ्जाका २, अर्घाखाँचीका २, कपिलवस्तुका ६, गुल्मीका २, दाङका ४, नवलपरासी ६, पाल्पाका ७, प्यूठानका ६, बर्दियाका १०, बाँकेका १९, रुपन्देहीका ९८, रोल्पाका १, कालिकोटका १, दैलेखका ९, सुर्खेतका ४३, कञ्चनपुरका ५, कैलालीका ९३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका १ र बाजुराका १ जनामा कोरोना पुष्टि भएकाे हो।

यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७ सय ४०जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्