Logo

बालुवाटारमा ७६ जनालाई कोरोना संक्रमण, को को छन् संक्रमित ?



Spread the love

१७ असोज, काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना भाइरसले प्रवेश गरेको छ । शनिबार बालुवाटारमा ३ जना उच्च व्यक्तित्व सहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परारष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जना रहेका छन् ।

उनीहरू सबै जनाले बिहीबार स्वाब दिएको र शनिबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बालुवाटारमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएसँगै प्रधानमन्त्री निवासमा जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्