Logo

कांग्रेसद्वारा प्रदेश ५ को प्रदेशसभा बैठकमा नाराबाजी



Spread the love

१९ असोज, बुटवल । कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरोध गरेको छ । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको हो ।

राजधानी सार्ने प्रस्ताव फिर्ताको माग गर्दै कांग्रेसले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक २ बजेसम्मका लागि स्थगित गरेका छन् ।

प्रदेश सभामा राजधानीको प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए लगतै सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्