Logo

आज २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१९ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा सोमबार  थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ३ सय २० ले बढेको छ ।

२४ घण्टा याता २ हजार ४ सय ४० जना कोरोना संक्रमण देखिएका मध्यकाठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३, सुनसरीका १२२ जना, चितवनका १०३, रौतहटका ८४, नवलपुरका ६६, रुपन्देहीका ५८, मोरङका ५५, काभ्रे र कास्कीका ३६/३६ जना, कैलालीका ३३, सुर्खेतका ३०, बाँकेका २२, बाग्लुङका १८, गोरखा र गुल्मी १७/१७ जना, मकवानपुरका १५, अर्घाखाँचीका १३, धादिङ र रामेछापका १२/१२ जना, नुवाकोट र तनहुँका १०/१० जना, सर्लाहीका ९ जना, झापा, पर्सा, बारा, कपिलवस्तु र बर्दियाका ८/८ जना, सिराहा, दाङ, पाल्पा र कञ्चनपुरका ६/६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी र प्युठानका ५/५ जना, स्याङ्जाका ४, ओखलढुंगा, खोटाङ, पर्वत र दैलेखका ३/३ जना, महोत्तरी, सिन्धुली, लजमुङ, डडेलधुरा, डोटी, दार्चुला र बैतडीका २/२ जना तथा इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, धनुषा, दोलखा, कालीकोट, रुकुम पश्चिम, सल्यान, अछाम, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्