Logo

ह्वाइट हाउस फर्किए डोनाल्ड ट्रम्प



Spread the love

२० असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण भएर अस्पतला भर्ना भएको तीन दिन पछि नै अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी मंगलबार बिहान डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज भएका ट्रम्प मरिन वान हेलिकप्टरमा ह्वाइट हाउसतर्फ हानिएका छन् ।

ट्रम्पले अहिले स्वस्थ अनुभव गरेको बताउँदै कोरोना भाइरससँग डराएर यसले शरिर कमजोर बनाउन नदिन भन्दै ट्वीट गरेका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट ७४ लाख संक्रमित हुँदा २ लाख १० हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्