Logo

प्रदेश ५ का २२ सय पार्टी सदस्यहरुद्वारा नेकपा त्यागको घोषणा



Spread the love

२० असोज, बुटवल । प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन् । नेकपा समर्थित उद्योगी व्यवसायीले आज बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारको उक्त प्रस्ताव फिर्ता गर्न माग गरेका हुन् ।

सरकारले बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकाले नेकपामा रहिरहन नसक्ने नेकपा समर्थित व्यवसायीले जनाएका छन् । उनीहरुले राजधानी प्रस्ताव फिर्ता नदिए पार्टीमा बस्नुको कुनै तुक नभएको बताए ।

जिल्लामा नेकपा समर्थित विभिन्‍न ३५ वटा संघ-संस्थामा आबद्ध रहेका २२ सय ४९ जना सदस्यले पार्टी सदस्य र जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्