Logo

अब उपचार नपाएर बिरामीले अस्पतालको गेटबाट फर्कनु पर्दैन- स्वास्थ्यमन्त्री ढकाल



Spread the love

२० असोज, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोरोनाभाइरस रोकथामका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित कामका बारेमा उनले जानकारी लिएका थिए ।

उनले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्नेगरी काम गर्न निर्देशन दिए ।

छलफलमा २५ जना अस्पतालका निर्देशकको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्