Logo

काठमाडौं उपत्यकाका थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि, २३४० जना कोरोनामुक्त



Spread the love

२० असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५५१ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १४८६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर २३४० जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ६८५४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्