Logo

विश्वव्यापी रूपमा कोरोनाको भ्याक्सिन पठाउने विषयमा चीनले वार्ता थाल्यो



Spread the love

एजेन्सी । चीनले कोरोना भाइरसको खोप विश्वव्यापी रूपमा प्रयोग गर्ने तयारी थालेको छ । यसका लागि चीन विश्व स्वास्थ्य संगठनसँग अनुमतिका लागि वार्ता अघि सारेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले यसबारे जानकारी दिएका छन् ।

चीनको यो कदमलाई विज्ञहरूले हतारमा गरिएको निर्णय हुन सक्ने समते भनेका छन् । चीनमा विकास भएको उक्त खोपको पूर्ण रूपमा क्लिनिकल ट्रायल पनि सम्पन्न भइ नसकेको बताइएको । यही आधारमा यो खोपले थप जोखिम निम्त्याउन सक्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका संयोजक सकोरोले चीनसँग यो विषयमा वार्ता भएको अनलाइन मिटिङमा जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्