Logo

आज १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२० असोज, काठमाडौं । देशभरका प्रयोगशालामा ११ हजार ४७ नमुना परीक्षण गर्दा सोमबार  थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ८ सय ८९ ले घटेको छ ।

२४ घण्टा याता १ हजार ५ सय ५१ जना कोरोना संक्रमण देखिएका काठमाडौं ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६, रुपन्देहीका ९६ जना, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०/२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरका १३, धनुषाका १२, सिराहा र कालीकोटका १०/१०,सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ । उनीहरुमध्ये ५६३ जनाको मृत्यु भएको छ भने ६७ हजार ५४२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र  २३ सय ४०  जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्