Logo

दशैंमा काठमाडौंबाट गाउँ नजान सरकारको आग्रह



Spread the love

२१ असोज, काठमाडौं। सरकारले दशैंमा काठमाडौंबाट गाउँ नजान सल्लाह दिएको छ।  कोरोना संक्रमण बढेसँगै उच्च सर्तकता अपनाउन आग्रह समेत गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिन्दुहरुको महान चाड दसैँ नजिकै आएकोले काठमाडौँबाट गाउँ जाँदा–आउँदा कोरोना संक्रमणपनि संगै जाने भएकोले जहाँ बसेको छ त्यही दसैँ मनाउन आग्रह गरे ।

उनले भने–‘काठमाडौं अझै उच्च जोखिममा छ ।चाडपर्व आउँदैछ । हामी स्वस्थ रह्यौँ भने फेरि दसैँ मनाउन सक्छौँ । यतिबेला सबैभन्दा उच्च जोखिममा जेष्ठ नागरिक रहेकोले दसैँ मनाउँदा जेष्ठ नागरिकलाई जोगाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्