Logo

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, फेरि होला त लकडाउन ?



Spread the love

२१ असोज, काठमाडौं । नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् ।

यसअघि नै स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा पुनः लकडाउन गर्न सिफारिस गरेको थियो ।

२५ हजार बढी संक्रमित भए स्वास्थ्य सामग्रीको अभाव देखिने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्