Logo

प्रहरीको पोशाक लगाएर टिकटक बनाउँदै हुनुहुन्छ भने सावधान !



Spread the love

२२ असोज, काठमाडाैँ । मनोरञ्जनात्मक क्षेत्रमा नेपाल प्रहरीको पोशाक प्रयोग गर्न नपाइने भएको छ । सामाजिक सञ्जाल टिकटकसहित विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमूभि, सांगितिक भिडियो, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भएको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

प्रहरी पोसाक दुरुपयोग भएको पाइए कानुन बमोजिम कारबाही हुने स्पष्ट पार्दै प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेका छन् । उक्त विज्ञप्तीमा प्रहरीको पोशाक प्रयोग गर्नैपर्ने भए प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

कार्यालयको स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन पनि प्रहरी प्रधान कार्यालयले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्