Logo

आज ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२२ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा १८ हजार ४ सय ७३ नमुना परीक्षण गर्दा सोमबार  थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ९ सय २५ ले बढेको छ ।

२४ घण्टा याता ४ हजार ३ सय ६४ जना कोरोना संक्रमण देखिएका मध्य इलामका १२, उदयपुरका ३२, ओखलढुंगाका ४, खोटाङका ४, झापाका ५५, ताप्लेजुङका ६, तेह्रथुमका ३, धनकुटाका ३, पाँचथरका २, भोजपुरका ४, मोरङका २४९, संखुवासभाका ३, सुनसरीका २१४, सोलुखुम्बका २, धनुषाका २८, पर्साका ११, बाराका १४, महोत्तरीका ७, रौतहटका १८, सप्तरीका २५, सर्लाहीका १४, सिरहाका ४८, काठमाडौँका २०८५, काभ्रेका २९, चितवनका ६९, दोलखाका १, धादिङका ७१, नुवाकोटका ३, भक्तपुरका १३५, मकवानपुरका १०५, रामेछापका ५, ललितपुरका ३२०, सिन्धुपाल्चोकका १३ र सिन्धुलीका ३ जना, कास्कीका १९, गोरखाका ११, तनहुँका १०, नवलपरासीपूर्वका २८, पर्वतका १, लमजुङका ३, बागलुङका १२, स्याङ्जाका १३, अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्यूठानका १, बर्दियाका १०, बाँकेका ५७, रुपन्देहीका १९९, रोल्पाका १, कालिकोटका ६, जुम्लाका ६, डोल्पाका ३, दैलेखका ४, रुकुमपश्चिमका ५, सल्यानका ४, सुर्खेतका १०६, हुम्लाका ३, अछामका १०, कञ्चनपुरका २१, कैलालीका ७५, डडेल्धुराका १, डोटीका ७, बझाङका १ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने  ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय ७५  जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्