Logo

विद्यालय हिडेकी बालिकाको कुलोले बगाएर मृत्यु



Spread the love

२२ असोज, पर्वत । फलेवास नगरपालिका–६ चन्दनी बस्ने मनमाया रानाकी ८ वर्षीया छोरी श्रियासी रानाको कुलोले बगाएर बिहीबार दिउँसो मृत्यु भएको छ।

विद्यालय जाने क्रममा सोही ठाउँस्थित चौबिस कुरिया जाने कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र अस्थायी प्रहरी पोष्ट खानिगाँउबाट खटिएको प्रहरीले श्रियासीको उद्दार गरी धुलिखेल अस्पताल खानीगाउँ पठाएको थियो। बालिकाको उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्