Logo

हालसम्म चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या कति ? संक्रमणबाट पाँच जनाको मृत्यु



Spread the love

२३ असोज, काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन बताएका छन् ।

काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो।

काठमाडौँको चन्द्रागिरि नगरपालिका १५ ओटै वडामा कोरोना संक्रमण देखिएको छ । संक्रमण हुनेमा वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन्।

कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैसँगै चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमणका हालसम्म पाँच जनाको मृत्यु भएको छ।

चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

कोरोना बिरामीको उपचारका लागि विशेष अस्पताल नबनाएको चन्द्रागिरिले विभिन्न सामुदायिक विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्