Logo

आईपीएलमा धोनीको कमजोर प्रदर्शन भन्दै ५ वर्षीया छोरीलाई बलात्कारको धम्की !



Spread the love

एजेन्सी । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीकी ५ वर्षीया छोरीलाई बलात्कारको धम्की दिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले बताएको छ ।

आईपीएलमा अहिले धोनीको कप्तानीमा रहेको टीम चेन्नईको खराब प्रदर्शन जारी छ ।आइपीएलमा कमजोर प्रदर्शन गरेको भन्दै धोनीको छोरी जिवालाई सामाजिक सञ्जालमा बलात्कारको धम्की दिइएको हो । पछिल्लो खेलमा धोनीको टीम चेन्नइ सुपर किंग्सले कलकत्ता नाइट राइडरसँग १० रनले हारेको छ ।

चेन्नईले हालसम्म यो सीजनमा भएका ६ म्याचमा २ मा मात्र जित निकालेको छ भने ४ वटा खेलमा पराजित भएको छ ।

धोनीकी छोरीलाई बलात्कारको धम्की दिने ट्वीटर अकाउन्टलाई रिपोर्ट गरिएको छ । यो धम्कीको भारतमा चाैतर्फी निन्दा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्