Logo

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि



Spread the love

२५ असोज, काठमाडौं। रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ६१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ। उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको हो।

यस्तै, बुटवल उपमहानगर–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या रहेको थियोे । यसगरी तिलोत्तमा नगरपालिका–३ का ६६ वर्षीया महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ। ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन्। यस्तै, बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको छ। उनी मुटुका दीर्घरोगी थिए।

त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ ।

दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको हो। यसैगरी सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको भने आज बिहान मृत्यु भएको हो । उच्च रक्तचाप र निमोनियाको समस्या भएपछि उनी असोज १४ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।यसैगरी धनकुटाका ६१ वर्षीया महिलाको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । डायबिटिज र उच्च रक्तचापको समस्याबाट पीडित थिइन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको शनिबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

त्यस्तै, बाँकेमा दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगर –१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर–८ गोल्छाका ७१ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो । नेपालगन्जका ८४ वर्षीय पुरुषको असोज २४ गते ९ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । नेपालगन्जका ती वृद्धको मृत्यु भएको पाँच मिनेटपछि कोहलपुरकी ७१ वर्षीया महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्