Logo

मुख्यमन्त्री शाहीलाई हटाउने तयारीबाट पछि हट्याे माधव नेपाल समूह



Spread the love

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने तयारीबाट माधव नेपाल समूह पछाडि सरेको छ । आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । ती सबैलाई हस्ताक्षर फिर्ता लिन सहमत गराइसकेको नेकपा निकट एक नेताले बताए।

कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट बर्खास्त गरेर उनको ठाउँमा सचेतक सीता नेपाली ल्याएका थिए ।

ओलि पक्षका प्रदेश सहइन्चार्ज यामलाल कँडेलसहित ८, नेता नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र समूहका ३ जना नेताले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए । सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्