Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको क्रम बढ्यो



Spread the love

२८ असोज, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ७ सय ८४ जनाको मृत्यु भएको छ भने हिजो १३ तारिखमा ३ सय १६ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ४९ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख २० हजार ८ सय २ जनाको मृत्यु भएको छ भने ८० लाख ८७ हजार भन्दा बढी संक्रमित भएका छन् । ५२ लाख २१ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्