Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

२८ असोज, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ७१० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ७२३ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६३ हजार भन्दा धेरै संक्रमित थपिदा ७२३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ७२ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ६२ लाख ९८ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख १० हजार ६१७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्