Logo

नयाँ ल्यापटप किन्ने सोचमा हुनुहुन्छ ? यी कुरामा विशेष ध्यान दिनुहोस्



Spread the love

एजेन्सी । नयाँ ल्यापटप लिँदा धेरैलाई कुन लिने र कस्ताे लिने भन्ने कुराले सताउन सक्छ। तपाई नयाँ ल्यापटप लिदै हुनुहुन्छ भने यी कुरामा बिशेष ध्यान दिनुहोस्।
डिस्प्ले
सधैंजसो नन् रिफ्लेक्टिभ स्क्रिनयुक्त ल्यापटप खरिद गर्नुहोस् । ल्यापटप खरिद गर्दा कमसेकम टाइप ए यूएसबी पोर्ट, एउटा टाइप सी पोर्ट, हेडफोन ज्याक, एउटा ल्यान पोर्ट, माइक्रो एसडी र एक एचडीएमआई पोर्ट होस् ।
ल्यापटप कुन प्रयोजनका लागि खरिद गर्दै हुनुहुन्छ?
यदि तपाईं अफिसको कामका लागि खरिद गर्दै हुनुहुन्छ भने धेरै महंगो ल्यापटपको आवश्यकता पर्दैन । यद्यपि गेमिङ वा एडिटिङ लगायतको कुनै अन्य प्रोफेसनल प्रयोगका लागि लिनुपर्ने छ भने ल्यापटप थोरै महंगो पर्न जान्छ । यदि तपाईंलाई अफिसको काम, अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्नुपर्ने छ भने ३५ देखि ५० हजार रुपैयाँको रेञ्जमा राम्रै ल्यापटप पाउन सकिन्छ ।
र्‍याम र स्टोरेज
नयाँ ल्यापटप खरिद गर्दाको चार जीबी र्‍याम त हुनैपर्छ । ल्यापटपमा २५० जीबी वा त्यसभन्दा माथिको स्टोरेज हुँदा राम्रो । ल्यापटपको स्पेसिफिकेसन जति राम्रो भयो ल्यापटपले गर्ने काम त्यति नै उत्तम हुन्छ भन्ने कुरा नबिर्सिनुहोस् ।
ल्यापटपको साइज
आजकल स्लिक ल्यापटप एकप्रकारको फेसन बनिसकेको छ । यद्यपि सानो आकारका ल्यापटप केही महंगो पर्दछ । यताउता लैजानका लागि भने ल्यापटप जति सानो भयो त्यति नै सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्