Logo

किम जोङ उन रूँदा विश्वलाई थपियो चिन्ता !



Spread the love

२९ असोज, एजेन्सी । उत्तर कोरियाले सार्वजनिक गरेको ब्यालेस्टिक मिसाइल विश्वका लागि चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन् । लामो दूरीसम्म पनि सजिलै मार हान्न सक्ने क्षमता भएका कारण यसले विश्वमा चिन्ता थपेको हो

अमेरिकी रक्षा विशेषज्ञ मेलिसा हनहमले यो मिसाइल अमेरिका र विश्व कै लागि चुनाैतिपूर्ण रहेको बताएकी छिन् ।

सत्तारुढ वर्कर्स पार्टीको ७५ औं वर्षगाँठका उत्तर कोरियाले उक्त मिसाइल सार्वजनिक गरेको थियो ।

किम जोंग उनले उक्त सभामा भाषण गर्दा केही क्षण रूएका थिए । जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न नसकेकोमा उनले जनतासँग क्षमा पनि मागेका थिए ।

अन्तर्राष्ट्रिय जानकारहरूले किम जोंग उन रूँदै भाषण गर्नु संसारका लागि चिन्ताको विषय हुन सक्ने अनुमान गरेका छन् ।

कोरियाले सार्वजनिक गरेको उक्त मिसाइल अहिलेसम्म कै सबैभन्दा ठूलो अन्तरमहादेशीय मिसाइल (आईसीबीएम) हो ।

सन् २०२० को जनवरी १ मा उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले नयाँ वर्षको भाषणमा उत्तर कोरियाले आधुनिक हतियार प्रणाली विकास गरिरहेको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्